प्रदेश नम्बर २ बाट पहिलो महिला मेयर बनिन् माओवादीकी रिनाकुमारी शाह | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८३, मंगलबार

प्रदेश नम्बर २ बाट पहिलो महिला मेयर बनिन् माओवादीकी रिनाकुमारी शाह

रौतहट, ५ असोज । प्रदेश नम्बर २ मा मेयरमा पहिलो पटक महिला निर्वाचित भएकी छिन् । रौतहटको मौलापुरकी रिनाकुमारी शाह प्रदेश नम्बर २ मा निर्वाचित पहिलो महिला मेयर बनेकी हुन्।

नेकपा (माओवादी केन्द्र) को तर्फबाट मेयर उम्मेदवार बनेकी साहले ३९१२ मत पाएकी छन्। माउण्टेनका संवाददाता राकेश यादवका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका धिरज पटेलले १५२९ मत पाएका छन्। मौलापुरको उपमेयरमा पनि माओवादी केन्द्रकै गौरिशंकर प्रसाद जयसवाल विजयी भएका छन्।

ताजा समाचार