महिला हिंसा रोकथामका लागि संसदीय समितिले सहकार्य गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८३, सोमबार

महिला हिंसा रोकथामका लागि संसदीय समितिले सहकार्य गर्ने

mahila samiti

काठमाडौं, ४ साउन । प्रतिनिधिसभाको महिला तथा सामाजिक समिति र प्रदेशसभाका सामाजिक समितिहरुले हिंसा रोकथामका लागि सहकार्य गर्ने भएका छन् । सामाजिक र सांस्कृति कुरितीहरुका कारण महिलामाथि हुने हिंसा बढिरहेको अवस्थामा समितिहरुले सहकार्य गरेर काम गर्ने भएका हुन् ।

आइतबार महिला शान्ति र सुरक्षाका विषयमा भएको भर्चुअल छलफलमा सभ्य समाजका लागि भौतिक पूर्वाधार विकास र सामाजिक क्षेत्रको विकासमा समेत साझा धारणा बनाएर अगाडी बढ्ने निर्णय भएको छ ।

समितिले शान्ति र सुरक्षाका विषय मापन गर्न कठिन भएपनि उल्लेखित विषयमा विकास भएका सूचकहरुको प्रयोग गरी विद्यमान अवस्थामा मापन गर्न महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ । त्यसको परिणाम लिखित रुपमा समितिमा पेश गर्न पनि समितिले निर्देशन दिएको छ ।