एफ ए कपमा आज म्यानचेस्टर युनाइटेड र नर्विच सिटी भिड्दै | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८१, मंगलबार

एफ ए कपमा आज म्यानचेस्टर युनाइटेड र नर्विच सिटी भिड्दै

FA CUP

एजेन्सी, १३ असार । इंग्लिस फुटबल प्रतियोगिता एफ ए कप आजबाट सुरु हुँदैछ ।  इंग्लिस फुटबल प्रतियोगिता एफ ए कप करिब साढे ती महिनापछि आज रातिबाट शुरु हुन लागेको हो ।

आजराति क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेड र नर्विच सिटीबीच प्रतिस्पर्धा हुँदैछ । नर्विचको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राती सवा १० बजेबाट सुरु हुनेछ । गत मार्चबाट स्थगित भएको एफ ए कप फेरी सुरु हुँदा मध्यम क्रममा रहेका क्लवलाई राहत भएको छ । युनाइटेड र नर्विच विच भएका पछिल्ला तीन खेलमा युनाइटेड विजयी भएको छ ।

युनाइटेड विरुद्ध नोर्विच सन् २०१५ पछि जित निकाल्न सकेको छैन । त्यो बेला नोर्विचले दुई एकको जित हात पारेको थियो । प्रिमियर लिगमा रेलिगेसन जोनमा रहेको नोर्विचले प्रिमियर लिग भन्दा बढि महत्व एफ ए कपलाई दिएको छ । दुबै टिमको लक्ष्य सेमिफाइनल रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);