काठमाडौं, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नक्सा सर्वसम्मत अनुमोदन गरेकोमा दलहरुलाई बधाई दिनुभएको छ ।
राष्ट्रिपति भण्डारीले बुधबार अपराह्न प्रधानमन्त्री केपी शर्मा ओली, संसदमा रहेका प्रमुख दलका शीर्ष नेताहरु र पूर्व प्रधानमन्त्रीहरुलाई राष्ट्रपति कार्यालय शीतल निवासमा बोलाएर छलफल गर्नुभएको हो ।
नयाँ नक्सा पास गर्न दलहरुबीच राष्ट्रिय सहमति बनेकोमा राष्ट्रपतिले बधाइ दिनुभएको हो । उहाँले कोरोना भाइरस महामारीविरुद्ध पनि राजनीतिक दलहरु एक भएर लड्ने विश्वास समेत व्यक्त गर्नुभएको छ । यसैगरी राष्ट्रपतिले देशका अन्य समसामयिक विषयमा पनि दलका नेताहरुसंग छलफल गर्नुभएको थियो ।




