नेपालमा न्याय हराएकै हो? : सांसद लक्ष्मी परियार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

नेपालमा न्याय हराएकै हो? : सांसद लक्ष्मी परियार

काठमाडाैं, ९ असार । सांसद लक्ष्मी परियारले रुकुम पश्चिम सोतीको घटनामा नवराज विक लगायत ६ जनाको उज्वल भविष्य भेरी नदीले बगाएको र अहिले सम्म पनि अपराधीलाई कुनै कार्बाही नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

न्यायको लागि ७७ वटै जिल्लाहरु आज सडकमा आन्दोलनको लागि उभिए पनि रुकुम घटनाको दोषीलाई कार्बाही नगरी सरकार मौन बसेकोले पीडितका परिवारले कहिले न्याय पाउने? भन्दै प्रश्न गर्नुभयो । पीडितका परिवारहरु न्याय माग्न सरकारसामु जादा प्रहरीको कुटाईले हात खुट्टा भाचिएको छ, सिन्दुर पुछिएको छ, आमाको काख रितिएको छ त्यो पीडा सरकारले बुझन नसकेको भन्दै उहाँले आक्रोस व्यक्त गर्नुभयो ।

निर्मला हत्या काण्ड जस्तै यो काण्ड बिलिन हुने होकी भन्ने डर पीडित परिवारलाई भएकोले छिटो भन्दा छिटो सरकारले न्याय दिनुपर्ने माग गर्नुभयो । कोरोना भाइरसलाई एउटा सामान्य माक्सले छोपे पनि सरकारको कमजोरीलाई माक्सले नछोप्ने  भन्दै  यो घटनालाई गम्भिर रुपमा लिन उहाँले आग्रह गर्नुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);