वैज्ञानिक वनका नाममा अनियन्त्रित फडानी र घोटाला : सांसद प्रेम आले | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वैज्ञानिक वनका नाममा अनियन्त्रित फडानी र घोटाला : सांसद प्रेम आले

काठमाडौं, ५ असार । सांसदहरुले वैज्ञानिक वनका नाममा अनियन्त्रीत रुपमा वन फडानी भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । संसदको सार्वजनिक लेखा समितिको शुक्रवारको बैठकमा सांसद मोहम्मद इस्तियाक राईले विदेशबाट काठ आयात रोक्ने नाममा देशभित्रका सबै वनहरु फडानी हुन थालेको बताउनुभयो ।

सांसद प्रेम आलेले वैज्ञानिक वनका नाममा अनियन्त्रित फडानी र ठूलो घोटाला भएको बताउनुभयो ।उहाँले संघीय सरकारले नै त्यसलाई नियन्त्रण गरी दोषिलाई कारवाही गर्न आग्रह गर्नुभयो ।

त्यसैगरी सांसद प्रदीप यादवले राज्य, नेता र वनका कर्मचारीहरुको मिलेमतोमा वैज्ञानिक वनको नाममा धमाधम काँचा काठहरु कटान भइरहेकाले यसलाई नियन्त्रण गर्नुपनेमा जोड दिनुभयो ।

बैठकमा वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले देशभरी रहेको कुल २२ लाख, ७२ हजार हेक्टर वन मध्ये १ लाख ७५ हजार ३ सय २१ हेक्टर वन क्षेत्र मात्रै वैज्ञानिक वन व्यवस्थापनका रुपमा रहेको बताउनुभयो ।

समितिले लक डाउनको मौका छोपी वैज्ञानिक वन वयवस्थापनका नाममा फडानीका घटना बढिरहेको भन्दै छानबिन समिति गठन गरेको छ ।समितिले वैज्ञानिक वन तथा व्यवस्थापनको नाममा भइरहेको फडानीको अध्ययन गर्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);