पुराना रुखहरुको प्रयोग गर्न सरकारको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८३, बिहीबार

पुराना रुखहरुको प्रयोग गर्न सरकारको निर्देशन

काठमाडौं, ४ असार । संसदीय समितिले पुराना, ढलेका र सुकेका रुखहरुको पूर्ण क्षमतामा उपयोग गरी काठजन्य वस्तुको आयात प्रतिस्थापन गर्ने कार्यक्रम ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

संसदको कृषि, सहकारी तथा प्रकृतिक श्रोत समितिको बिहीबारको बैठकले काठ तथा काठजन्य सामग्रीहरुको कानून विपरित कारोबार गर्ने तस्करहरुलाई कारबाही गरी पुराना तथा ढलेका रुखहरुको उपयोग गरी आयात प्रतिस्थापन गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको कृषि,सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले बताउनुभयो ।

बैठकमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वन तस्करी घट्दै गएको बताउनुभयो। उहाँले वैज्ञानिक वन व्यवस्थापनको नाउँमा वन फडानीको काम भइराखेको भन्ने विषय उठेको र त्यसमा मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गर्नुभयो ।

उहाँले लकडाउनको अवधिमा वन फडानी र वन्यजन्तु चोरी सिकारीका घटना बढ्न सक्ने भन्दै मन्त्रालयले प्रधानमन्त्री कार्यालय मार्फत सबै प्रदेशका मुख्यमन्त्रीहरुलाई सचेत गराएको जानकारी समेत दिनुभयो ।

Uncategorized‐मा वर्गिकृत

ताजा समाचार