ढोका छोएको निुहँमा दलितमाथि कुटपिट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ढोका छोएको निुहँमा दलितमाथि कुटपिट

kutpit

सोलुखुम्बु
सुबास दर्नाल, ४ असार । सोलुखुम्बुमा एक दलित बालक कुटपिटका कारण सख्त घाईते भएका छन् । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ९ सिसाखोलामा एकजना दलित बालकले ढोका छोएको निुहँमा निर्घात कुटपिट भएपछि उनी सख्त घाईते भएका हुन् ।

जेठ ३१ गते स्थानिय तारा थापामगरको घरमा पुगेका १६ वर्षिय बालक दिपक विश्वकर्माले मगरको घरको ढोका छोएको भन्दै निज तारा थापामगर र २७ बर्षिय श्याम थापामगरले कुटपिट गरेको पिडितको भनाई छ ।

पिडितका अनुसार निर्माण हुँदै गरेको तारा थापामगरको घरको ढोकामा बसेकै भरमा मगरद्वयले फलामको हतौडीले ढाड, टाउको लगायतका स्थानमा कुटपिट गरेका हुन् । उनीहरुले कामी भएर नयाँ घरको ढोका छुन्छस्, अब सबै असुभ हुने भयो भन्दै कुटपिट गरेको पिडितको दाबी छ ।

कुटपिटबाट दिपकको ढाड, टाउको तथा शरिरका विभिन्न भागमा चोट लागेको छ । तल्लो जातको मान्छे भएर ढोका छोएको भन्दै जातिय छुवाछुत विरुद्धका अपमानजनक शब्द प्रयोग गर्दै बालकमाथी मुक्का र फलामको रडले प्रहार गरेको प्रत्यक्षदर्शी दिपेन्द्र रानामगरले बताउँनुभयो ।

कथित तल्लो जात भएकै कारण बालकमाथी निर्घात कुटपिट भएपनि आफुले त्यस्तो नगर्न आग्रह गरेको प्रत्यक्षदर्शी मगरको भनाई छ । उनको ओखलढुंगा स्थित मिसन अस्पतालमा उपचार भईरहेको पिडित बालकका बाबु नीर बहादुर विश्वकर्माले बताउनुभयो ।

तर घटनालाई लुकाउन पत्ताले प्रहरी चौकी र पिडक पक्षको निरन्तर दबाबमा असार १ गते गाउमै मिलापत्र गराएको पिडित पक्षको दाबी छ । आफ्ना नाबालक छोरालाई जातकै आधारमा मरणासन्न हुने गरी कुटपिट गरेपनि आफुले न्याय पाउन नसकेको पिडितको भनाई छ ।

पिडक मगरले स्थानिय अगुवाहरुको समेत सहयोगमा आफुहरुलाई कानुनले केहि गर्न नसक्ने भन्दै जबरजस्ती मिलापत्र गराएको पिडितका बुवा निरबहादुर विश्वकर्माले गुनासो गर्नुभयो । जिल्ला प्रहरी कार्यालयले समेत जाहेरी लिन ईनकार गरेर वडा कार्यालयमै मिलापत्र गर्न दबाब दिएको पिडितको भनाई छ ।

घाईतलाई अस्पताल लैजाँदाको गाडी भाडा १० हजार र अस्पतालमा खर्च भएको १० हजार ३ सय गरि २० हजार ३ सय रुपैया खर्च पिडकले उपलब्ध गराएर जबरजस्ती मिलापत्र गराएको श्रोतको दाबी छ ।

वडा अध्यक्ष काजी शेर्पाले जातिय छुवाछुतका कारण भएको घटनालाई कानुनी उपचार खोज्नुपर्ने सुझाव दिएपनि आफुलाई जानकारी नै नगराई मिलापत्र गराएको बताउनुभयो । तर यता पिडक तारा थापामगरले भने आफुले जातिय छुवाछुत नगरेको दाबी गरेका छन् । उनले आफुले बालकलाई कुटपिट गरेको स्विकार गर्दै जातिय कारण कुटपिट नगरेको दाबि गर्दै आएका छन् ।

गत बैशाख २७ गते बाटो हिड्ने क्रममा सोलुखुम्बु तिङ्लाका मिनबहादुर नेपालीलाई तल्लो जातको मानिस अगाडी हिडेको भन्दै गाली बेइज्जती गरेको कसुरमा प्रहरीले स्थानिय ३१ बर्षिया संगिता राईलाई पक्राउ गरेको थियो । जातीय विभेदअन्तर्गत जिल्ला अदालतमा मुद्दा पनि दायर भयो । तर, केही दिनमै पीडक राईलाई जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो ।

जातीय भेद्भाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ बमोजिम कसुर गर्ने व्यक्तिलाई ३ महिना देखि ३ वर्षसम्म कैद वा १ हजारदेखि २५ हजारसम्म जरिवाना अथवा दुवै सजाय हुने ब्यवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);