सिटी स्मार्ट कार नेपाली बजारमा | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

 

काठमाडौँ, ४ भदौ । महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले विद्युतीय सवारी साधन सिटी स्मार्ट कार नेपाली बजारमा ल्याएको छ ।

इटिओ प्लस नाम दिइएको कार राजधानीमा सार्वजनिक गर्दै महिन्द्राले उक्त कार नेपाली बजारलाइ सुहाउँदो भएको दाबी गरेको छ । महिन्द्रा एण्ड महिन्द्राका इन्टरनेसनल अपरेशन प्रमुख अरविन्द माथेयुले आकर्षक डिजाइन तथा पर्याप्त रुपमा भित्री स्पेश भएको कम्प्याक्ट सिट इटुओ कारमा ४ जना यात्रु क्षमता रहेको जानकारी दिएका छन् । उनका अनुसार वातावरणमैत्री यस कार कम खर्चमा संचालन गर्न सकिने छ । नेपाली ग्राहकसँगको सामिप्यताका लागि काठमाडौँमा कार्यालय स्थापना गरिएको महिन्द्राले जनाएको छ ।

उक्त कारको नेपाली बजार मुल्य ३१ लाख रुपैयाँ रहेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);