काठमाडौं, ३१ जेठ । सरकारले लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्रमा देखिएको सीमा विवादका सम्बन्धमा प्रमाण संकलन गर्न विज्ञ समूह गठन गरेको छ । नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष डा. विष्णु राज उप्रेतीको संयोजकत्वमा ९ सदस्यीय विज्ञ समूह गठन गरेको हो । द्वन्द्व विज्ञ डा.उप्रेती नेतृत्वको समुहमा अन्तराष्ट्रिय कानुनविद सूर्यप्रसाद सुवेदी, इतिहासविद प्रा.डा.रमेश ढुङ्गेल,संविधानविद् विपीन अधिकारी,जलविज्ञानविद् जगत भुसाल, नापी विभागका पूर्व महानिर्देशक तोयानाथ बराल,नेपाली सेनाका अवकास प्राप्त मेजर जनरल हिमालय थापा, सामुदायिक वन महासंघका पूर्व अध्यक्ष अप्सरा चापागाँई सदस्य र सदस्य सचिवको परराष्ट्र मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदीलाई दिईएको छ । सीमाको विषयमा अनु्भव व्यक्तित्वसंगै सीमा विषयमा विगतका अनुभव नभएकाहरुको प्रतिनिधित्व भएपछि विज्ञ समूहप्रति प्रश्न उठेको छ ।
सीमा विवादमा विज्ञ समूह गठन, समूहमाथि प्रश्नचिन्ह (भिडियोसहित)
ताजा समाचार
गाजामा युद्धविराम वार्ता ९० प्रतिशत पूरा
१३ घन्टा अघि
बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?
१४ घन्टा अघि
बागमती प्रदेशमा यस वर्ष धानको उत्पादन घट्यो
१४ घन्टा अघि