काठमाडौं, २८ जेठ । प्रथम वल्र्ड मार्शल आर्ट्स भर्चुअल प्रतियोगितामा नेपालले रजत पदक प्राप्त गरेको छ । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ तथा दक्षिण एसिया हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्ती मगरका अनुसार उक्त अनलाइन प्रतियोगितामा नेपालका प्रविन गुरुङले रजत पदक हात पारेका हुन् ।
१८ देखि ३५ वर्षको उमेर समुहअन्तर्गत गुरुङले रजत पदक जितेका हुन् । वल्र्ड मार्शल आर्ट्स अर्गनाइजेशन र वल्र्ड मार्शल आर्ट्स काउन्सिलको सहकार्यमा भएको यो प्रतियोगितामा २७ देशको सहभागिता रहेको थियो ।