एम्बुलेन्समा गाँजा तस्करी, ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एम्बुलेन्समा गाँजा तस्करी, ३ जना पक्राउ

ambulance taskari

वीरगन्ज २८ जेठ । पर्सा प्रहरीले बुधबार बिहान एम्बुलेन्सबाट गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार ना. ४ च ८५९९ नम्बरको अल्पाइन मेडिकल कलेज सिमराको एम्बुलेन्बाट गाँजा बरामद भएको हो।

बिहान करिब पौने ३ बजे पर्सा वीरगन्ज महानगरपालिका-२७ रामपुरबाट एम्बुलेन्ससहित तीन जनालाई पक्राउ गरिएको पन्तले बताउनु भयो । उक्त गाँजा पर्सा बहुदरमाई-५ भौराट्टारतिर लगिँदै थियो।

पक्राउ पर्नेमा सर्लाही लालबन्दी-१५ का २३ वर्षीय जितबहादुर वाइबा, २२ वर्षीय दिलबहादुर वाइबा र बहुदरमाई-५ का ३२ वर्षीय हरिशंकर महतो रहेका छन्। प्रहरीले पक्राउ परेकामथि आवश्यक अनुसन्धान थालिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);