बाग्लुङमा औषधिको कारोबार घट्यो | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

बाग्लुङमा औषधिको कारोबार घट्यो

सुवास आचार्य
बाग्लुङ, २४ जेठ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणकालागि सरकारले गरेको लकडाउनपछि बागलुङमा औषधिको कारोवार घटेको छ । सधैं भिडभाड हुने बागलुङका औषधी पसलहरू दुई महिना यता प्रायः सुनसान देखिएका छन् ।

लकडाउनका कारण घरभित्रै बस्ने तथा यातायातका साधन नचलेका कारण औषधि सेवन गर्ने क्रम घटेको हो । लकडाउनको समयमा औषधिको माग करिव ५० प्रतिशतले घटेको, बागलुङका औषधी व्यवसायी चन्द्र रेग्मीले बताउनु भएको छ ।

बाहिरी वातावरणमा मानिसहरुको भिडभाड तथा सवारी साधनको चाप नहुँदा वायु प्रदुषणमा सुधार आएको कारण सामान्य विरामीको संख्यामा पनि कमी आउँदा औषधि सेवन गर्नुपर्ने बाध्यता नभएकाले माग घटेको रेग्मीको भनाई छ ।

अस्पतालको बहिरंग सेवा बन्द भएका कारण पनि औषीधको कारोबार कम भएको व्यवसायीको भनाई छ । लकडाउनपछि पहिलेको तुलनामा औषधिको बिक्रि कम भएको कारण आगमी ३÷४ महिनाको लागि पुग्ने औषधि अझै स्टक रहेको बाग्लुङका नेपाल औषधी व्यावसायी संघका उपाध्यक्ष हरीप्रसाद सापकोटाले बताउनु भएको छ । सापकोटाका अनुसार बिरामीले खाइरहेको सबै खालको औषधि उपलब्ध भएको भएपनि दम रोगको औषधि मात्रै केही कम भएको जानकारी दिनु भएको छ ।

मुटु र मधुमेह जस्ता दीर्घ रोगका औषधि भने अन्य औषधिको तुलनामा केही बढी बिक्रि भइरहेको छ । कोरोना भाइरसबाट बच्न साबुनपानीले हातधुने, सेनिटाइजर प्रयोग गर्ने जस्ता स्वास्थ्य सावधानी अपनाएको कारण बिरामी हुनेको संख्या घटेको छ ।

अस्पतालमा यो वर्ष भाइरलका बिरामीहरू पनि निकै कम मात्रै देखिएका छन् । नेपाल औष्ािध व्यवसायी संघमा जिल्लाका ५ दर्जन औषधि पसल आबद्व रहेका छन् भने ९ दर्जनभन्दा बढी व्यवसायी संघमा आबद्व नभइकन सञ्चालनमा रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);