चीनसँगको हवाइ यात्रामा प्रतिवन्ध लगाउने अमेरिकाको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चीनसँगको हवाइ यात्रामा प्रतिवन्ध लगाउने अमेरिकाको तयारी

एजेन्सी, २२ जेठ । अमेरिकाले यही जुन १६ देखि चीनसँगको हवाइ यात्रामा प्रतिवन्ध लगाउने बताएको छ । दुई देशबीच पछिल्लो समय बढ्दै गएको तनावका कारण अमेरिकाले चीनबाट हवाई यात्रामा रोक लगाउने तयारी गरेको हो ।

अमेरिकाले बेइजिङको व्यवहारका कारण चीनका हवाइ उडानमा प्रतिवन्ध लगाउनुपरेको स्पष्ट पारेको छ । अमेरिकी यातायात कार्यालयका अनुसार लगायतार अमेरिका उडान भरिरहेका एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, चाइना साउदर्न एयरलाइन्स र हेनान् एयरलाइन्सलाई अमेरिकामा उडानमा प्रतिबन्धको तयारी गरेको बीबीसीले जनाएको छ ।

पछिल्ला केही दिनयता कोरोनाको संक्रमण नियन्त्रणमा विश्व स्वास्थ्य संगठन चीनको कठपुतली भएको अमेरिकी आरोप र हङकङको स्वायत्तताको विषयमा अमेरिकाले चीनमाथि लगाएका आरोपका कारण दुवै देशबीचको सम्बन्ध बिग्रिएको हो ।

यस्तै केही साताअघि मात्र कोरोनाको महामारी अन्य देशमा फैलाएर अनुचित व्यापारमा लागेको भन्दै अमेरिकाले चीनमाथि आरोप लगाएको थियो । अमेरिकाको यो निर्णयसँगै सन् १९८० मा दुई देशबीच भएको हवाइ सम्झौता उल्लंघन हुने भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);