कोरोना संक्रमण देखिएपछि केएमसी अस्पतालका सबै सेवा बन्द | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८१, मंगलबार

कोरोना संक्रमण देखिएपछि केएमसी अस्पतालका सबै सेवा बन्द

काठमाडौ, २१ जेठ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज केएमसीमा कार्यरत स्वास्थ्कर्मीमा कोरोना संक्रमणको पुष्टि भएपछि अस्पतालको सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत एक चिकित्सक तथा एक जना नर्सलाई कोरोना संक्रमण भएपछि अस्पतालको सेवा बन्द गरिएको हो ।

अस्पतालले बुधबार विज्ञप्ति जारी गर्दै कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको जनाएको छ ।

अस्पतालमा उपचारका लागि आएकी एक जना सुत्केरी महिला तथा ओपीडीमा जाँच गराउन आएका एक अर्का व्यक्तिमा बुधवार कोरोना संक्रमण देखिएपछि संक्रमण फैलिन नदिन नयाँ बिरामी नहेर्ने निर्णय लिएको अस्पतालले जनाएको छ ।

अस्पतालका १ सय ५० स्वास्थ्यकर्मीको मंगलवारनै स्वाब संकलन गरेर परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रगोगशाला पठाइएको जनाइएको छ ।

बुधवार पनि बाँकी स्वास्थ्यकर्मीको स्वाव परीक्षणका लागि प्रयोगशालामा पठाउन लागिएको अस्पतालले जनाएको छ । अस्पतालमा नै उपचाररत ६० जना बिरामीको स्वाब परीक्षणपश्चात रिपोर्ट नेगेटिभ आएपछि मात्रै बाहिर जान दिइनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);