१४ दिनभित्र पीसीआर टेस्ट गरिसक्न सरकारलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

१४ दिनभित्र पीसीआर टेस्ट गरिसक्न सरकारलाई निर्देशन

sram samiti

काठमाडौं, २० जेठ । संसदीय समितिले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको १४ दिनभित्र अनिवार्य पीसीआर परीक्षण गरिसक्न सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले कुनै व्यक्ति क्वारेन्टाइनमा बसेको १४ दिनभित्र पीसीआर गरिसक्न निर्देशन दिएको हो ।

उद्योग,वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति विमल प्रसाद श्रीवास्तवले विदेशबाट आउने महिला, गर्भवति महिला, जेष्ठ नागरिक लगायतको निःशूल्क परीक्षणको व्यवस्था गर्न पनि निर्देशन दिनुभयो । रोजगारी गुमाएर विदेशबाट आउने नागरिकहरुको व्यवस्थापन गर्दै स्वदेश आउनै पर्ने अवस्थामा रहेकाहरुलाई स्वदेश तत्काल ल्याउन समितिले निर्देशन दिएको छ ।

बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले तत्काल नेपाल फर्किन चाहानेहरुको आधिकारिक तथ्याङ्क संकलन भइरहेको बताउनुभयो । उहाँले विभिन्न प्राथमिकताका क्षेत्र तोकेर दुतावासहरुलाई तथ्याङ्क संकलनका लागि निर्देशन दिएको बताउनु गर्नुभयो ।

कोरोना संक्रमणको असर वैदेशिक रोजगारीमा गएका नेपालीहरुमा पनि परेको छ । अध्ययन वा अन्य शिलशिलामा विदेश गएका नागरिकहरु पनि लक डाउनका कारण उतै रोकिएका छन् । सरकारले आफ्ना नागरिक स्वदेश फर्काउने तयारी गरिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);