भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति नेपाली सेनाको आपत्ती | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति नेपाली सेनाको आपत्ती

काठमाडौ, १६ जेठ । नेपाली सेनाले भारतीय सञ्चारमाध्यममा नेपाली सेनाको बारेमा प्रकाशित समाचार प्रति आपत्ति जनाएको छ ।

नेपाली सेनाले हिन्दुस्तान टाइम्समा शिशिर गुप्ताद्वारा लिखित समाचार र टीएफआई पोष्टमा अक्षय नारंगद्वारा लेखिएको समाचारप्रति सेनाले आपत्ति जनाएको हो ।

भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पु¥याउने उद्देश्यबाट प्रेरित रहेको सेनाको भनाइ छ ।

नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा राष्ट्रिय एकता थप मजबुत बनाउनु पर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले नेपाली सेनाप्रति लक्षित यस प्रकारको अफवाहहरुमा विश्वास नगर्न आमपाठक तथा स्वाभिमानी नेपाली नागरीकलाई अनुरोध गरिएको छ ।

नेपाली सेना नेपालको संविधान अनुरुप नेपाल सरकारबाट प्राप्त बैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिवद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);