सीमा विवाद समाधान गर्न भारतले गर्‍यो यस्तो प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

जेठ १२ २०८१, शनिबार

सीमा विवाद समाधान गर्न भारतले गर्‍यो यस्तो प्रस्ताव

bharat ko prastab

काठमाडौ, १६ जेठ । भारतले नेपालसँगको सीमा विवादलाई रचनात्मक र सकारात्मक प्रयासद्वारा समाधान गर्न प्रस्ताव गरेको छ । भारतीय विदेश मामला मन्त्रालयको नियमित भर्चुअल पत्रकार सम्मेलनको क्रममा मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले यस्तो प्रस्ताव गर्नुभएको हो ।

छिमेकीहरूसँग पारस्परिक संवेदनशीलता र विश्वासको वातावरण आवश्यक रहेको भन्दै श्रीवास्तवले सीमाको समस्या रचनात्मक प्रयासद्वारा समाधान गर्न प्रस्ताव गर्नुभएको हो ।

भारत आफ्ना सबै छिमेकीहरूसँग पारस्परिक संवेदनशीलता र पारस्परिक सम्मानका आधारमा भरोसा र विश्वासको वातावरण कायम गर्न चाहने भन्दै प्रवक्ता श्री वास्तवले एक निरन्तर प्रक्रिया हो र यसका लागि रचनात्मक र सकारात्मक प्रयासको आवश्यक पने उल्लेख गर्नुभयो ।

श्रीवास्तवले पछिल्लो समय लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रको विषयलाई लिएर नेपाल गम्भीर रूपमा प्रस्तुत भएको भन्दै त्यसलाई भारतले नजिकबाट नियालिरहेको प्रतिक्रिया समेत दिनुभएको छ ।

पछिल्लो समय लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेत समेटेर नेपालले आफ्नो नक्सा जारी गरेपछि सो नक्सालाई एकतर्फी सार्वजनिक गरेको भन्दै स्वीकार नगर्ने प्रतिक्रिया दिएको भारतले अहिले रचनात्मक ढंगले सीमा विवादलाई समाधान गर्न प्रस्ताव गरेको हो । नेपाल सरकारले नयाँ नक्सा समेटेको निशाना छाप बनाउनको लागि संविधान संशोधन गर्ने निर्णय गरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);