काठमाडौं, १५ जेठ । सरकारले संसदमा आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्को बैठक बस्दैछ । बिहीबार दिउँसो २ बजे बैठक बस्न लागेको हो ।
बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार मन्त्रिपरिषद् बैठक डाकिएको हो ।