किशोर तामाङ्
कैलाली, १४ जेठ । सेती प्रादेशिक अस्पतालको आइसुलेसन कक्षमा भर्ना भएका एक जनाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका- ७ का ५० वर्षीय पुरुषको बुधबार बिहान ज्यान गएको हो ।
उनी मंगलबार साँझ मात्रै सेती प्रारदेशिक अस्पतालमा भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताएका छन् । श्रेष्ठका अनुसार उनको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको र पिसिआरको लागि स्वाब संकलन गरिने तयारी भएको बताए ।
मृतक मंगलबार नै भारतको महारास्ट्रबाट स्वदेश आएको खुलेको छ ।