एजेन्सी, १३ जेठ । भारतको राजस्थान, मध्य प्रदेश र उत्तर प्रदेशका क्षेत्रहरुमा सलहले ठूलो संख्यामा बाली सखाप पारेका छन् ।
पाकिस्तानबाट आएका यी सलहहरुले भारतको कयौं राज्यमा छिरेको छ भने यी राज्यका हजारौं किसानको जीविका नै प्रभावित बनाएको छ। सलह भगाउन कृषकहरुले मध्याहन्न र राति गित घन्काउने, भाडाकुँडा ठटाउने जस्ता गतिविधिहरु गरेर भगाउने प्रयत्न गरिरहेका छन् ।
सलह भन्ने फंट्याग्राले बाली नाली सखाप पार्ने गर्छ । अहिलेसम्म सलह भन्ने फंट्याग्राले राजस्थानमा कम्तिमा पनि ५ लाख हेक्टरमा फैलिएको बालीनाली नष्ट गरिसकेको छ । सलहले विगत ३ महीनादेखि राजस्थानका किसानहरुको जीवनलाई प्रभावित बनाएको छ ।