झापामा सङ्क्रमितको सङ्ख्या ३५ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

झापामा सङ्क्रमितको सङ्ख्या ३५ पुग्यो

jhapa

झापा, ९ जेठ ।  झापा जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ३५ पुगेको छ । तीन साताअघिबाट कोरोनाको संक्रमण देखिन थालेको झापामा कोरोना संक्रमितको संख्या बढ्दै गएको हो ।

झापामा तीन दिनअघि १० जना फेला परेका थिए । बिहीबार बिहान १५ र दिउँसो आठ गरी २३ जना नयाँ सङ्क्रमित पुष्टि भएका हुन् ।

झापामा फेला परेका कूल सङ्क्रमितमध्ये ३३ जना भारतसँगको सीमावर्ति कचनकवल गाउँपालिकाका हुन् । यी सबै भारतबाट आएका हुन् ।

संक्रमितमध्ये दुईजना निको भएर घर फर्केका छन् ।