काठमाडौं, ८ जेठ । काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा भूकम्पको धक्का महसुस गरिएको छ ।
आज बिहान करिब ८ः१५ मा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भक्तपुर जिल्लाको अन्नतलिङ्गेश्वर आसपासलाई केन्द्रबिन्दु बनाएर गएको सो भूकम्प ३.४ म्याग्निट्यूट भएको केन्द्रले आफ्नो ट्विटरमा उल्लेख गरेको छ