आर्थिक बृद्धि ५ प्रतिशतले संकुचित हुने विश्व बैंकको प्रक्षेपण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आर्थिक बृद्धि ५ प्रतिशतले संकुचित हुने विश्व बैंकको प्रक्षेपण

एजेन्सी,७ जेठ

विश्व बैंकका अध्यक्ष डेभिड मालपासले विश्वव्यापी आर्थिक बृद्धि यस वर्ष ५ प्रतिशतले संकुचित हुने अपेक्षा गरेको बताउनु भयो । मालपासले लाखौ व्यक्तीले आफनो रोजगारी गुमाउनु पर्ने , गरिव देहशरुमा जीविकोपार्जन गर्न सक्ने अवस्था नहुने र स्वास्थ्य सेवाहरु विश्वव्यापी रुपमा तनावमा रहेको बताउनु भएको छ ।

उहाँको भनाई अनुसार ६ करोड मानीसहरु गरीवीमा धकेल्नेछन् जसले गर्दा विगत तीन वर्षमा गरीबी उन्मूलनमा भएका सबै प्रगतिहरू मेटीछन् । गरीब देशहरुलाई संकट समाधान गर्न सहयोग र्पुयाउन १४० अरब डलरको अनुदान र कम ब्याज प्रदान गरिरहेको छ ।

मालपासका अनुसार ७० प्रतिशत विश्वको जनसंख्या भएको १०० देशहरुलाई आपतकालीन वित्त प्रदान भइसकेको बताउनु भएको छ ।

विश्व बैंकले अन्तर्रा्ष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग मिलेर गरीव देशहरूलाई यस बर्षको अन्त्यसम्म जी २० सदस्यलाई ऋण चुक्ता गर्न राहात छुट दिन अनुरोध गर्न योजनामा काम गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);