काठमाडौं उपत्यकाका ५ जनासहित २७ संक्रमित थपिए | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

काठमाडौं उपत्यकाका ५ जनासहित २७ संक्रमित थपिए

corona virous

काठमाडौं, ६ जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार थप २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको जनाएको हो । उनीहरुको उमेर १७ देखि ४२ वर्ष रहेको छ ।

मंगलबार फेला परेका संक्रमितमध्ये २४ पुरुष र ३ महिला रहेका छन् । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर बिकास देवकोटाले झापामा ९,कपिलवस्तुमा ४, काठमाडौंमा ३,सर्लाहीमा २, सुनसरी, मोरङ, भक्तपुर, मकवानपुर,रामेछाप, ललितपुर, सिन्धुली,लमजुङ, र नवलपरासीका एक–एक गरी २७ जनामा संक्रमण देखिएको जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएका ४ सय २ मध्ये हालसम्म ३७ जना निको भएर घर फर्किएका छन भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ३२ हजार ६ सय ४ जनाको नमुना परीक्षण गरिएको छ । त्यसैगरी आरडीटी बिधिबाट ७४ हजार ६ सय ४९ जनाको नमूना परीक्षण गरिएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

काठमाडौं उपत्यकामा १७ र उपत्यका बाहिर ४ सय ४० गरी ४ सय ५७ जना आइसोलेसनमा रहेका छन् । अहिले देशैभरी गरेर २१ हजार ६ सय २३ जना क्वारेन्टाइनमा रहेका छन् । पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले कोरोनाको लक्षण नदेखिएपनि शूल्क तिरेर स्वइच्छाले पीसीआर परीक्षण गर्न चाहाने व्यक्तिले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा तोकिएको दररेटमा परीक्षण गराउने नीतिगत व्यवस्था गरिएको बताउनुभयो ।

सरकारले प्रदेश नम्बर २ र ५ का प्रभावित क्षेत्रलाई केन्द्रीत गरी कम्तिमा १०—१० जना चिकित्सकको टोली खटाउने निर्णय पनि गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);