जेठ ५, काठमाडौं । नेपालमा अहिले शैक्षिक बेरोजगाारको संख्या धेरै छ । यो समस्या समाधान गर्न व्यवहारीक र उत्पादनमुखी शिक्षाको खाँचो छ । हालसम्मको प्रमाणपत्रधारी शिक्षाले शैक्षिक बेरोजगारको उत्पादन गरेपनि उत्पादनमुखी जनशक्ति उत्पादन गर्न नसकेकोले विद्यमान शिक्षा नीतिलाई उत्पादनमुखी बनाउनु आवस्यक छ ।
नेपालमा हालामा वर्षेनी ४ लाख शैक्षिक जनशक्ति श्रमबजारमा आउछन् । कुल जनसंख्याको ४० प्रतिशत युवाशक्ति श्रमशील जनशक्ति हो । श्रमिशिल युवा शक्तिलाई उत्पादनमा लगाउन सकेमा मुलुकभित्र बेरोजगारी समस्याको हलसंगै उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ ।
शिक्षा र रोजगारीबीच तालमेल हुन नसक्दा नेपालको शिक्षा व्यवहारीक र उत्पादनमुलक हुन सकेको छैन । उत्पादनमुखी शिक्षाको लागि लगानीको आवस्यक हुनुपर्ने शिक्षा जानकारहरुको सुझाव छ ।
मुलुकभर दर्जन बढी विश्व विद्यालय छन् ।दर्जनौ क्याम्पसहरु छन् । मेडिकल कलेजहरु पनि छन् । सिटीइभिटी लगायतका संस्थाहरुले पनि प्रत्येक वर्ष शैक्षिक जनशक्ति उत्पादन गरिरहेका छन् । उत्पादनमुखी शिक्षाको अभावमा उत्पादित जनशक्तिले कृषि उद्योग तथा सेवा क्षेत्रमा योगदान गर्न सकेको छैन । वर्षेनी लाखौ युवा रोजगारीका लागि विदेश पुग्नुपर्ने बाध्यता छ । सरकारी तथ्यांक अनुसार ४५ लाख युवा विदेशमा छन् । अबको सन्दर्भमा ती युवा स्वदेश फर्कने छन् । स्वदेश तथा विदेशमा रहेका युवालाई रोजगारी दिनुपर्ने राज्यको दायित्व हो । यसर्थ विश्वविद्यालय विद्यालयको संख्या बढाउनु भन्दा उत्पादनमुखी शिक्षामा जोड दिने विभागले बताएको छ ।
नेपालको विद्यामान शिक्षा प्रणाली र पद्दती परम्परागत ढङगको छ । शैक्षिक संस्थाहरु प्रमाणपत्र उत्पादन गर्ने कारखाना जस्तै भएका छन् । सैद्धान्तिक शिक्षा दिइदै आएपनि व्यवहारिक शिक्षाको चरम अभाव छ । शिक्षामा आमूल परिवर्तन गर्दै व्यवहारमुखी बनाउन शिक्षा क्षेत्रका अगुवाको भनाइ छ ।
शिक्षालाईः प्रमाणपत्रमुखी भन्दा उत्पादन र अनुसन्धानमुखी बनाउन सकेमा मुलुकभित्रको बेरोजगारीको समस्या हल गर्दै मुलुकलाई उन्नत र समृद्ध बनाउन सकिन्छ यसर्थ विद्यमान शिक्षामा राज्यले पुर्नविचार गर्न आवस्यक छ।