छलफल यथार्थपरक हुनु पर्ने संसद नेम्वाङको माग | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

छलफल यथार्थपरक हुनु पर्ने संसद नेम्वाङको माग

subash chandra nengwang

काठमाडौं, ४ जेठ । सांसद सुवासचन्द्र नेम्वाङले नीति तथा कार्यक्रमको छलफल यथार्थपरक हुनु पर्ने माग गर्नु भएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै नेम्वाङले नीति तथा कार्यक्रमको छलफल यथार्थपरक हुनु पर्ने माग गर्नु भएको हो । सत्ता पक्षले राम्रो भन्ने प्रतिपक्षले नराम्रो भन्ने प्रवृति अझै पनि रहेकोमा नेम्वाङले खेद प्रकट गर्नुभएको छ । सिङ्गो नेपालीको इच्छा अनुसार कोरोना केन्द्रित नीति तथा कार्यक्रम आएको जनाउनु भएको छ ।

कोरोनाको प्रभाव बढ्दै जाँदा कार्यक्रमको थप प्रावधान पनि बढाइने बताउँदै संसद विरोधमा भन्दा समाधान सहितको टिप्पणी दिन आग्रह गर्नु भयो । कोरोना विरुद्ध लडाइमा सबै दल सबै नेता एकजुट भएको बताउँदै यसलाई निरन्तरता दिन नीति तथा कार्यक्रमले सुधारिएको पनि उल्लेख गर्नुभयो ।

कृषिलाई अभियानको रुपमा लगेर विकास गर्ने योजना रहेको छ भने सुरुङमार्ग युगको शुरुवात पनि भएको छ । नेपाल भूकम्पले थलिएको बेला दुई छिमेकी मुलुक भारत र चिनले नेपालीभूमी मिचेर गरेको सहमती नेपाल र नेपालीलाई कुनै हालतमा स्वीकार्य नहुने प्रस्ट पार्नुभयो । साथै विद्येयक मार्फत शान्ती प्रक्रिया दुई वर्ष भित्रै टुङो लाउने जानकारी दिनुभयो ।