भूमीहिन किसानलाई विना मुआव्जा भूमी देउ: दुर्गा पौडेल | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

भूमीहिन किसानलाई विना मुआव्जा भूमी देउ: दुर्गा पौडेल

durga paudel

काठमाडौं, ४ जेठ । सांसद दुर्गा पौडेलले भूमीहिन किसानलाई विना मुआव्जा भूमी दिन सरकारलाई ध्यानार्कषण गर्नुभएको छ ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद दुर्गा पौडेलले भूमीहिन किसानलाई विना मुआव्जा हद भन्दा बढी जमिनलाई अधिग्रण गरेर  भूमीहिन किसानलाई वितरण गर्नु पर्नेमा जोड दिनुभयाे  । समाजवाद उन्मूखको निम्ति कुनै पनि कार्यक्रम नआएकाेमा दुःख व्यक्त गर्नुभयाे ।

नीति कार्यक्रममा प्रस्तुत गरेको कोरोना भाइरस (कोभिड-१९) को महामारीलाई रोक्न आफ्नै नेपालको स्रोत साधन परिचालन गर्नुपर्ने जोड दिनु भएको छ । यसको लागि स्थानीय पूर्वाधार विकासको कोषलाई परिचालन गरी रोजगारी सिर्जना गर्र्न सकिने सांसद पौडेलले सुझाव दिनुभयो ।