काठमाडौं, ४ जेठ । सांसद दुर्गा पौडेलले भूमीहिन किसानलाई विना मुआव्जा भूमी दिन सरकारलाई ध्यानार्कषण गर्नुभएको छ ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद दुर्गा पौडेलले भूमीहिन किसानलाई विना मुआव्जा हद भन्दा बढी जमिनलाई अधिग्रण गरेर भूमीहिन किसानलाई वितरण गर्नु पर्नेमा जोड दिनुभयाे । समाजवाद उन्मूखको निम्ति कुनै पनि कार्यक्रम नआएकाेमा दुःख व्यक्त गर्नुभयाे ।
नीति कार्यक्रममा प्रस्तुत गरेको कोरोना भाइरस (कोभिड-१९) को महामारीलाई रोक्न आफ्नै नेपालको स्रोत साधन परिचालन गर्नुपर्ने जोड दिनु भएको छ । यसको लागि स्थानीय पूर्वाधार विकासको कोषलाई परिचालन गरी रोजगारी सिर्जना गर्र्न सकिने सांसद पौडेलले सुझाव दिनुभयो ।




