नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा सत्तापक्षकै शंका | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा सत्तापक्षकै शंका

prachanda-janardhan

काठमाडौं, ३ जेठ । सत्तारुढ दलकै नेताहरुले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा शंका व्यक्त गरेका छन् । संघीय संसद भवनमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नीति तथा कार्यक्रममा आफ्नो समर्थन रहेको तर कार्याक्रम कार्यान्वयनमा चुनौति रहेको बताउनु भएको छ ।

त्यसैगरी नेकपाका सांसद जनार्दन शर्माले कोरोना भाइरसको महामारीले अर्थतन्त्रमा पार्ने प्रभावको मूल्याङ्कन भएपछि मात्रै नीति कार्यक्रमले कस्तो गति लिन्छ भन्ने अनुमान गर्न सकिने बताउनुभएको छ ।

अहिलेको अवस्थामा नीति कार्यक्रम राम्रो आएको भन्दै उहाँले कार्यान्वयनमा भने चुनौति रहेको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);