सेयर बजार फेरि बन्द | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

सेयर बजार फेरि बन्द

share bazar

काठमाडौं, १ जेठ । बिहीबार देखि शेयर कारोबार फेरी बन्द भएको छ ।

नेपाल धितोपत्र बोर्डले शेयर बजार बन्द गर्न निर्देशन दिएसँगै नेपाल स्टक एक्सचेन्जले पुनः शेयर कारोबार बन्द गरेको हो । एक्सचेन्जले सूचना जारी गरेर लकडाउन अवधिभर अर्थात जेठ ५ गते सम्म पुनः शेयर कारोबार बन्द गर्ने जानकारी दिएको हो ।

सरकारले विभिन्न ४२ प्रकारका उद्योगहरु सञ्चालन गर्न दिने निर्णय गरेसँगै नेप्सेले मंगलबार देखि दिनको दुई घण्टाका लागि बढीमा २ प्रतिशत सम्म उतारचढाव हुने गरी कारोबार खुल्ला गरेको थियो । मंगलबार र बुधबार कारोबार पनि भएको थियो । कारोबार भएका दुबै दिन नेप्से नकारात्मक सर्किट लागेर र्निधारीत समय अघि नै बन्द भएको थियो ।

सरकारले फेरी बिहीबारदेखि लकडाउनमा कडाई गरेसँगै नेप्सेले पनि लगानीकर्ताको स्वास्थ्यलाई ध्यान दिई कारोबार बन्द गरेको हो । दुई दिन बजार सञ्चालन गर्दा एक तिहाई कर्मचारीबाट कारोबार सञ्चालन गर्न भनिएको थियो । तर ब्रोकर कार्यालयमा भिडभाड बढेको र सरकारले पनि लकडाउनलाई कडाई गरेपछि बोर्डले कारोबार बन्र्द गर्न निर्देशन दिएको हो । दई दिन सम्म कारोबार हुुँदा नेप्से करिब ५० अंकले घटेर १ हजार २ सय १ अंकमा बन्द भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);