५ कम्पनी दोस्रो बजारमा सूचिकृत | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

५ कम्पनी दोस्रो बजारमा सूचिकृत

dhitopatra

प्रस्तुत कोईराला
काठमाडौ, २९ जेठ । बुधबार नेपाल धितोपत्र बजारमा लामो समय पश्चात १३ करोड २७ लाख ९७ हजार ९८० दशमलव ५६ कित्ता शेयर सूचीकृत भएको छ । नेपाल पुनर्बीमा कम्पनीको १० करोड कित्ता आईपीओ सहित अन्य चार कम्पनीको बोनस शेयर गरी कुल ५ कम्पनीको शेयर सूचीकृत भएको हो ।

नेपाल पुनर्बीमा कम्पनीको आई.पि.यो सहित एनएमबि बैंक, नेपाल एसबिआई बैंक, बुटवल पावर र जानकी फाइनान्सको बोनस शेयर बुधवार सूचीकृत भएको छ । एनएमबिले २१ प्रतिशत, नेपाल एसबिआई बैंकको ६ प्रतिशत, बुटवल पावरको १० प्रतिशत र जानकी फाइनान्सको २२ प्रतिशत बोनस शेयर अब लगानीकर्ताले कारोबार गर्न सक्ने भएका हुन् ।

बजार बन्द भए पनि शेयर सूचीकरण प्रकृया नेप्सेले नरोकेकाले बुधवार यी कम्पनीहरुको शेयर सूचीकरण भएको हो । बजार सुचारु भए यस कम्पनीका शेयरधनीहरुले कारोबार गर्न सक्नेछन् । सूचीकृत भएको दोस्रो दिनबाट कारोबार गर्न सकिने व्यवस्था भएपनि बजार बन्द रहेकाले बजार सुचारु हुनासाथ कारोबार गर्न मिल्ने भएको छ ।

उक्त कम्पनीले नेप्सेमा सूचीकृत गराउनु पूर्वनै शेयरधनीहरुको हितग्राही खातामा शेयर जम्मा गराई सकेको छ । नेपाल पुनर्बीमा कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले रू. १४१ दशमलव ४५ देखि रू. ४२४ दशमलव ३५ सम्मको मूल्य रेञ्ज तोकेको छ । सोहि मूल्य रेञ्जको आधारमा कम्पनीको पहिलो कारोबार खुला हुनेछ ।

गत चैत २६ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेको उक्त कम्पनीले लकडाउनकै बीच सूचीकृत गर्ने योजना पुरा गरेको छ । कुल कित्तामध्ये संस्थापकतर्फको ८ करोड ४० लाख र सर्वसाधारणतर्फको १ करोड ६० लाख कित्ता रहेको छ ।

आईपीओ बिक्रीपछि १० अर्ब चुक्तापूँजी कायम गरेको उक्त कम्पनीले आर्थिक वर्ष २०७७÷८८ सम्ममा रू. १० अर्ब ५० करोड चुक्तापूँजी पु¥याउने प्रक्षेपण गरेको छ ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);