लकडाउनले विकास निर्माण अलपत्र, सुचारु गर्न अझै अन्योल | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०८१, आइतबार

लकडाउनले विकास निर्माण अलपत्र, सुचारु गर्न अझै अन्योल

पुजा बेल्वासे

काठमाडौं , ०१ जेठ

कोरोना भाइरसको संक्रमण देखिन थालेपछि चैत्र ११ गतेदेखि भएको लकडाउनले सबैतिरको अवस्था अबरोध छ । विकास निर्माण रोकिएका छन् ।

संकम्रण बढदै जाँदा लकडाउनको समयअवधी पनि थपिएको छ । लकडाउनले गर्दा विभिन्न क्षेत्रमा असर परेको छ । त्यसमध्ये बिकास निमार्ण अलपत्र परेका छन् । लकडाउन हुनु भन्दा पहिला ठूला आयोजना तथा विकास निमार्णका कामहरु शुरु भएका थिए । लकडाउन भएपछि ती कामहरु अबरोध भएका छन् । सरकारले केही दिन अघि विकास निमार्णका कामहरु सुरक्षा अपनाएर सञ्चालन गर्न भनेको थियो । तर, अवस्था सहज हुन नसकेको निर्माण व्यवसायीहरुले बताएका छन् ।

निर्माण व्यवसायी तथा नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष हुमनाथ कोइरालाले सरकारवाट निर्माण कामलाई सहज वनाउन नयाँ उपाय सोच्नुपर्ने बताए । निर्माण व्यवसायीलाई सहज भयो भने काम छिटो हुने भएकोले लकडाउन खुलेपछि सरकारले निर्माण व्यवसायी क्षेत्रमा ध्यान दिनुपर्ने उनको भनाई छ ।

कञ्चनपुरका निमार्ण व्यवसायी हनुमानदत्त जोशीका अनुसार, कञ्चनपुरमा रहेका विकास निमार्णका कामहरु लकडाउनले गर्दा समस्यामा छन् । सरकारले केही नीति खुकुलो गरेर सञ्चालन गर्न भने पनि गर्न नसक्ने अवस्थामा रहेको छ । उनले अब काम गर्ने एक महिनाको समय मात्र बाँकिरहेको हुनाले सरकारले नयाँ आर्थिक बर्षलाई हेरेर मापदण्ड ल्याउनुपर्ने वताए । अबको केही दिनमै वर्षा हुने भएकोले सरकारको दृष्टिकोण सोही अनुरुप हुनुपर्ने उनको भनाई छ ।

बारा पथलैया स्थित डिभिजन कार्यालयका प्रमुख सन्जय मिश्रले अहिले पथलैया बारामा १३ वटा मध्ये अहिले ४ वोटा योजना काम सुचारु भइरहेको जानकारी दिए । निमार्ण सामग्रीहरु मौज्दात गरेर नराख्ने हुँदा यो लकडाउनले समस्या परेको उनको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);