वैशाख, २९ काठमाडौं । सांसद बिनोद कुमार चौधरीले संसदमा नेपालमा कोरानाका कारण भोकमरी लाग्न सक्ने बताउनु भएको छ ।
कोरोना प्रभावित नेपाल जस्ता साना अर्थतन्त्र भएको विश्वका ४४ देशमा भोकमरी लाग्न सक्ने सांसद चौधरीलले बताउनुभयो । कोरोना महामारीले गर्ने क्षति र भोकमरीबाट बच्न हामीले सामान्य रुपमा जिवनयापन गर्न प्रयत्न गर्नुपर्छ । त्यसका लागि अर्थतन्त्र सामान्य अवस्थामा फर्काउन प्रयत्न गर्नु पर्ने सुझाव दिनुभएको हो ।