लकडाउनका कारण स्थगित निर्माण आयोजनाहरु सुचारु | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

लकडाउनका कारण स्थगित निर्माण आयोजनाहरु सुचारु

ayojana

काठमाडौं, २४ वैशाख । काठमाडौं महानगरपालिकाले लक डाउनका कारण स्थगित भएका निर्माण आयोजनाहरु सुचारु गर्न थालेको छ । लकडाउनले निर्माण सामग्री ढुवानीमा समस्या भएपछि बन्द भएका कतिपय आयोजनाहरुको निर्माण कार्य सुरु भएको हो ।

लकडाउनपछि काम स्थगित भएको काठमाडौं महानगरपालिका अन्तर्गतको चमती जग्गा एकीकरण आयोजनाको निर्माण कार्य सुचारु गर्न निर्माण कम्पनीलाई पास उपलब्ध गराइएको सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जानकारी दिनुभयो ।

काठमाडौं महानगरपालिका प्रवक्ता समेत रहनुभएका वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले पास उपलब्ध भएपछि निर्माण कार्य अगाडी बढ्ने बताउनुभयो ।

निर्माण कम्पनी गौरीसंकर हिमालय कन्सट्रक्सनका दिलिप बहादुर मोक्तानले तोकिएको समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभयो ।

२०७६ जेठमा सम्झौता भएको आयोजना २ वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने छ । उक्त आयोजना २४ करोडमा ठेक्का सम्झौता भएको थियो ।