महोत्तरीमा मृत्यु भएका १२ मध्ये चार जनाको यस्तो आयो पोस्टमार्टम रिपोर्ट | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

महोत्तरीमा मृत्यु भएका १२ मध्ये चार जनाको यस्तो आयो पोस्टमार्टम रिपोर्ट

dead

महोत्तरी, २२ वैशाख । महोत्तरीमा विषाक्त रक्सीले मृत्यु भएको भनिएका १२ मध्ये चार जनाको पोस्टमार्टमले पनि त्यही पुष्टि गरेको जनाइएको छ । चारजनाको पोस्टमार्टम रिपोर्टमा अत्यधिक रक्सी सेवनले नै उनीहरूको ज्यान गएको दाबी गरिएको छ ।

बाँकी आठ जनाको प्रहरीलाई खबरै नगरी दाहसंस्कार गरिएकाले चार जनाको मात्रै पोस्टमार्टम गरिएको हो । प्रदेश २ प्रहरीका अनुसार पोस्टमार्टम गरिएका सबैको मृत्यु रक्सीले नै भएको रिपोर्ट आएको छ ।

रक्सी विषाक्त रहे-नरहेको यकिन गर्न प्रयोगशालामा नमुना परीक्षण भइरहेको जनाइएको छ । भंगाह र बर्दिवास नगरपालिकासंग जोडिएका दुई बस्तीमा ११ दिनयता १२ जनाको मृत्यु भएपछि तथ्य पत्ता लगाउन चिकित्सकका तीन टोली खटाइएका छन् ।

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र महोत्तरी जनस्वास्थ्य कार्यालयका छुट्टाछुट्टै टोली खटिएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);