कोरोना भाइरस: ३५ लाख ६३ हजार बढी संक्रमित, मृत्यु हुने २ लाख ४८ हजार पुग्यो | ईमाउण्टेन समाचार

Our Network

माघ ९ २०८१, बुधवार

कोरोना भाइरस: ३५ लाख ६३ हजार बढी संक्रमित, मृत्यु हुने २ लाख ४८ हजार पुग्यो

corona

काठमाडौं, २२ वैशाख । विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरसका कारण हालसम्म ३५ लाख ६३ हजार ३ सय भन्दा बढी संक्रमित भएका छन् । संक्रमित मध्ये २ लाख ४८ हजार १ सय ३५ जनाको मृत्यु भएको छ । ११ लाख ५३ हजार ८ सय भन्दा बढी उपचार पछि निको भएका छन् ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा ११ लाख ८७ हजार बढी संक्रमित हुँदा ६८ हजार ५ सय ८७ जनाको मृत्यु भएको छ । स्पेनमा २ लाख ४७ हजार १ सय बढी संक्रमित हुंदा २५ हजार २ सय ६४ को मृत्यु भएको छ । यस्तै इटालीमा कोरोना संक्रमितको संख्या २ लाख १० हजार हुंदा मृतकको संख्या २८ हजार ८ सय नाघेको छ । बेलायतमा १ लाख ८६ हजार बढी कोरोना संक्रमित र २८ हजार बढीको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ६८ हजार बढी संक्रमित मध्ये मृत्यु हुनेको संख्या २४ हजार ८ सय नाघेको छ । यस्तै जर्मनीमा १ लाख ६५ हजार ६ सय संक्रमित र ६ हजार ८ सय बढीको मृत्यु भएको छ । भारतमा पनि कोरोना संक्रमित र मृत्यु हुनेको संख्या थपिंदै गएको छ । करिब ४२ हजार ५ सय ५ संक्रमित हुंदा मृत्यु हुनेको संख्या १ हजार ३ सय ९१ पुगेको छ । उता पाकिस्तानमा कोरोना संक्रमितको संख्या २० हजार बढी छ भने ४ सय ५७ जनाको मृत्यु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);