कोरोना भाइरस निर्मूल पारेको न्यूजील्यान्डको दावी | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

कोरोना भाइरस निर्मूल पारेको न्यूजील्यान्डको दावी

newzealand corona virus

एजेन्सी, १५ वैशाख । न्यूजील्यान्डले समुदायमा हुने स्थानीय संक्रमण रोकेको बताउँदै कोरोना भाइरस निर्मूल पारेको दावी गरेको छ । केही दिनसम्म दैनिक नयाँ संक्रमितको संख्या एक अंकमा सिमित रहेपछि न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डनले कोरोना भाइरस अहिले निर्मूल पारेको दावी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

तर न्युजिल्याण्डका स्वास्थ्य पदाधिकारीहरूले यो घोषणाबाट उत्साहित नहुन चेतावनी दिँदै यसको अर्थ नयाँ कोरोना भाइरस संक्रमण अन्त्य भएको अर्थ ननिकाल्न सचेत गराएका छन् । न्यूजील्यान्डले कडा खाले सामाजिक प्रतिबन्धहरू हटाउने तयारी गरिरहेकोबेला सोमबार यो घोषणा भएको हो ।

न्युजिल्याण्डमा मंगलबारबाट स्वास्थ्य सेवा, शिक्षा र अन्य व्यवसायहरू सुचारू हुने गरी प्रतिबन्ध हटाइदै छ । धेरै मानिसहरू अझै पनि घरमै बस्नुपर्ने र सामाजिक जमघट गर्न नहुने नियमहरू भने कायमै छ ।

प्रधानमन्त्री आर्डनले अर्थतन्त्रलाई खोल्ने तर मानिसको सामाजिक जीवन अहिले नखोल्ने बताउनु भएको छ । न्यूजील्यान्डमा अहिलेसम्म १४ सय ४९ जना कोरोना संक्रमित छन् भने १९ जनाको मात्रै मृत्यु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);