कालोबजारी गर्ने ३ उद्योग सञ्चालक सहित पाँच जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

कालोबजारी गर्ने ३ उद्योग सञ्चालक सहित पाँच जना पक्राउ

dal kalobazari

श्याम गुप्ता

बारा, १५ बैैशााख । लामो समय देखि चल्दै आएको लकडाउनको मौंका छोपी दालमा कालोबजारी गरेको आरोपमा तीन वटा उद्योगका सञ्चालक सहित पाँच जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले जिल्ला स्थित परवानीपुर गाउँपालिका वडा नं. ४ मा रहेको नारायणी मोडर्न पल्सेस् ईण्डस्ट्रिजका सञ्चालक मोहनलाल अग्रवाल र प्रतिनिधि सुनिल शर्मा, छातापिपरामा रहेको कृष्ण आधुनिक दाल उद्योगका सञ्चालक पवन कुमार साह र प्रतिनिधि सुरेश साह तथा लिपनीमालमा रहेको महाबीर ओभरसिज प्रालिका प्रतिनिधि सन्तोष झालाई पक्राउ गरेको हो ।

प्रतिकिलो ८० देखि ८५ रुपैयाँ पर्ने मुसुरोको दाल लकडाउनको मौका छोपी तीन वटै उद्योगले ९४ देखि ९८ रुपैयाँमा बिक्री गर्ने गरेको सूचनाको आधारमा उद्योगी सहितका प्रतिनिधिलाई पक्राउ गरि कारवाही प्रक्रिया अगाडि बढाईएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी गराए ।

उनीहरु माथि कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन २०३२ अनुसार कारवाही अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय कलैया बाराले जनाएको छ ।