मंगलबार राति नै बर्दिबासको होटेलमा बास बसेको थियो पूर्वआइजिपीको समूह | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मंगलबार राति नै बर्दिबासको होटेलमा बास बसेको थियो पूर्वआइजिपीको समूह

Hotel-sarbendra

काठमाडौं, १२ वैशाख । पूर्वस्वास्थ्यराज्यमन्त्री तथा सांसद डा.सुरेन्द्र यादवको अपहरणको चर्चासँगै बर्दिबासको गौतम होटेल पनि चर्चामा आएको छ । सञ्चालक हिरा गौतमका अनुसार पूर्वआइजिपी सर्वेन्द्र खनाललगायतको टोली मंगलबार राति नै होटेलमा आएको थियो । महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले सूचना गरेर ६ वटा कोठा उपलब्ध गराइदिन भनेपछि आफूले तयार गरिदिएको उनले बताए ।

‘एसपी श्यामकृष्ण अधिकारीले पूर्वआइजिपी सर्वेन्द्र खनाल महोत्तरी आउँदै हुनुहुन्छ, उहाँलाई बस्न ६ वटा कोठा उपलब्ध गराइदिन आग्रह गर्नुभयो । सुरक्षाप्रमुखले आग्रह गरेपछि हुँदैन भन्ने कुरा भएन,’ सञ्चालक गौतमले भने, ‘मंगलबार मध्यराति दुईवटा गाडीमा आएको, राति खाना खाएर सुतेको र बिहान ७ बजेतिर हल्का नास्ता लिएर निस्किनुभएको हो ।’

उनीहरू साँझ ६ बजेतिर पुनः होटेल फर्किएर दुई घन्टाजति बसेको उनले बताए । तर, त्यतिवेला कोकसको भेटघाट भयो आफूलाई सबै जानकारी नभएको बताए । ‘बुधबार साँझ आउँदा भने तीनवटा गाडीमा हुनुहुन्थ्यो,’ गौतमले भने, ‘राति ८ बजे उहाँहरू चेकआउट गरेर सिन्धुलीको बाटो हुँदै काठमाडौं लाग्नुभएको हो ।’

सांसद यादव अपहरणको हल्ला फैलिएसँगै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव तथा अर्थमन्त्री विजय यादव बिहीबार बर्दिबासस्थित गौतम होटेल पुगेका छन् । उनीहरूले होटेलमा बसेका पूर्वआइजिपी सर्वेन्द्र खनाल तथा अन्य अतिथिहरूबारे सोधपुछ गरेका छन् ।

नयाँ पत्रिका होटेल पुग्दा उनीहरू सोधपुछ तथा सिसिक्यामेरा फुटेज चेकजाँच गरेर निस्किसकेका थिए । सञ्चालक गौतमले मन्त्रीहरू सोधपुछका लागि आएको पुष्टि गरे । तर, मन्त्रीहरूले नयाँ पत्रिकासँग भने यसबारे खुलाउन चाहेनन् ।

नयाँ पत्रिका संवाददाता बिहीबार सांसद एवं पूर्वस्वास्थ्यराज्यमन्त्री डा.सुरेन्द्र यादवको महोत्तरीको सस्सी गाउँपालिका–४ गैढास्थित घर पुग्दा यादवकी श्रीमती, दुई छोरी र एक ज्वाइँ घरमै भेटिए । तर, उनीहरू त्रसित थिए । रन्जन भण्डारीले नयाँ पत्रिका दैनिकमा समाचार लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);