लकडाउनले तरकारीको मूल्य तीन गुणा बढीले घट्यो | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

लकडाउनले तरकारीको मूल्य तीन गुणा बढीले घट्यो

tarkari

काठमाडौं, १२ वैशाख । लकडाउनले काठमाडौं उपत्यकामा दैनिक उपभोग्य हरियो तरकारीको मूल्य तीन गुणा बढीले घटेको छ ।

लकडाउन हुनुअघि र अहिले हरियो तरकारीको मूल्य तीन गुणा बढीले घटेको हो । यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छिन् ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याकंअनुसार लकडाउनअघि १० चैतमा प्रतिकेजी सानो गोलभेंडाको थोक मूल्य औसतमा ५८ रुपैयाँ थियो भने ११ वैशाखमा सो गोलभेंडाको मूल्य घटेर प्रतिकेजी थोक औसत मूल्य १८ रुपैयाँ पुगेको छ ।