एजेन्सी, १० वैशाख । कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध सहयोग जुटाउन स्पेनी फुटबल क्लब बार्सिलोनाले आफ्नो घरेलु मैदान नु क्याम्पको नाम अर्को सिजनका लागि बेच्ने भएको छ । अब बार्सिलोनाले आफ्नो घरेलु मैदान नु क्याम्प अगाडि प्रायोजकको नाम पनि राख्नेछ ।
क्लब इतिहासमा बार्सिलोनाले नु क्याम्पको नाम बेच्न लागेको यो पहिलो पटक हो । कुल ९९ हजार दर्शक क्षमताको रंगशालाको नाम एक वर्षका लागि बिक्री गरेर आएको रकम कोरोना विरुद्धको अनुसन्धानमा हुने कार्यक्रमलाई प्रदान गरिने बार्सिलोनाले जनाएको छ ।
यसअघि बार्सिलोनाले आफ्नो जर्सिमा युनिसेफको लोगो निशुल्क लगाएको थियो । नु क्याम्पको नाम विक्रीको लागि अर्को सातादेखि प्रायोजक खोज्न काम सुरु हुनेछ ।