काठमाडौँ, ३ असोज । गृहमन्त्री जनार्दन शर्माले १५ वर्षभित्र मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन् ।
दसैं, तिहार लगायतका चाडपर्वको अवसर पारेर अखिल क्रान्तिकारी, रुकुम काठमाडौं सम्पर्क समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले मुलुकलाई समृद्ध बनाउन दृढ इच्छा शक्ति, सोच र संकल्पको खाँचो रहेको बताए ।
उनले ५ वर्ष भित्र राष्ट्र निर्माणको जग बसाउने गरी सरकारले काम गरिरहेको दाबीसमेत गरेका छन् । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै मुलुकलाई समृद्ध बनाउने बाटो खुला भएको उनको भनाइ थियो ।
मन्त्री शर्माले शान्ति सुरक्षाको अवस्था सुदृढ बन्दै गएको दाबी पनि गरे।




