काठमाडौँ, ३ असोज । निर्वाचन आयोगले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न भएको दावी गरेको छ ।
निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गराउन सुदृढ सुरक्षा व्यवस्था गरेकोमा सरकारप्रति आभार पनि व्यक्त गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी मंसीर १० र २१ गते दुई चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनपछि मुलुक आर्थिक समृद्धिको दिशामा अघि बढ्ने विश्वास पनि व्यक्त गरेका छन् ।
निर्वाचन आयुक्त शाहले संविधान कार्यान्वयनमा मुलुकले एकपछि अर्काे सफलता हासिल गर्दै गएको पनि स्मरण गराए ।