ऊर्जा मन्त्री शाही चारदिने भ्रमणका लागि चीन प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, ३ असोज । ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही आज चारदिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।

नेपालको जलविद्युत् क्षेत्रमा चिनियाँ लगानीका विषयमा द्विपक्षीय तथा बहुपक्षीय छलफल गर्न कार्यक्रम रहेको छ । साथै थ्री गर्जेज जलविद्युत् आयोजना समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

सचिवालयका अनुसार पश्चिम सेती, बूढीगण्डकीलगायत ठूला जलविद्युत् आयोजना निर्माण तत्काल शुरु गराउने विषयमा समेत मन्त्री शाहीले सम्बन्धित अधिकारीसँग छलफल गर्न जनाएको छ ।

ऊर्जा मन्त्रीको सचिवालयका अनुसार चीनमा रहँदा मन्त्री शाहीले नेपालको जलविद्युत् आयोजनामा चिनियाँ ठेकेदारले तोकिएको समयमा काम नगरेको बारेमा समेत कुराकानी गर्ने कार्यक्रम रहेको छ ।

आयोजनाले ठेक्का लिएको तर काम नगरेको भन्दै चिनियाँ निर्माण व्यवसायीले आलोचना व्यहोर्दै आएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);