एजेन्सी, ८ वैशाख । अफगानिस्ताको राष्ट्रपति कार्यालयका २० जनाभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यद्यपि आइतबार द न्युयोर्क टाइम्सले भने यो संख्या ४० पुगेको बताएको छ ।
अहिलेसम्म अफगानिस्तानको सरकारले भने यस विषयमा केही प्रतिक्रिया दिउको छैन । साथै अफगानी राष्ट्रपति असरफ घानी कोरोना भाइरस संक्रमित भएको वा नभएको भन्ने विषयमा कुनै जानकारी दिइएको छैन । शनिबार अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले सरकारी अघिकारीलाई उद्धृत गर्दै राष्ट्रपति कार्यालयका २० जना मानिसमा कोभिड–१९ को संक्रमण देखिएको उल्लेख गरेको थियो । बिहीबार अफगानिस्तानको राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको तस्वीरमा राष्ट्रपति घानीले इरानी अधिकारीसँग भौतिक दूरी कायम राख्दै भेटघाट गरेको देखिएको थियो ।