भक्तपुर, ७ वैशाख । भक्तपुरका विभिन्न स्थानमा अलपत्र रहेका नागरिकहरुलाई मानव सेवा आश्रम भक्तपुरले खाना खुवाएको छ । भक्तपुरका विभिन्न स्थानमा लक डाउनका कारण भोकै रहेका नागरिकहरुलाई आश्रमले खाना खुवाएको हो ।
लकडाउनको आठौं दिन देखिनै भक्तपुरका विभिन्न स्थानमा अलपत्र रहेका नागरिकहरुलाई खाना खुवाइरहेको आश्रमले जनाएको छ ।
सेवा घरमा रहेका ६३ जनालाई यसअघि पनि नियमित रुपमा सेवा गर्दै आएको मानव सेवा आश्रमले अहिले सडकमा रहेका १ सय भन्दा बढीलाई दैनिक सेवा गरिरहेको छ ।