स्वास्थ्य सेवा विभागद्वारा २९ करोड बराबरको स्वास्थ्य उपकरण खरिद गर्ने सम्झौता | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

स्वास्थ्य सेवा विभागद्वारा २९ करोड बराबरको स्वास्थ्य उपकरण खरिद गर्ने सम्झौता

Swasthya-Sewa-Bivag

काठमाडौं, ५ वैशाख । स्वास्थ्य सेवा विभागले तीनवटा संस्थासँग २९ करोड मूल्य बराबरका स्वास्थ्य उपकरण खरिद गर्न सम्झौता गरेको छ । विभागका अनुसार तत्काल चाहिने स्वास्थ्य उपकरणहरु खरिद गर्नका लागि नेपालकै निजी संस्थासँग सम्झौता गरिएको हो ।

विभागले ओम सर्जिकल, लुम्बिनी हेल्थ केयर र हाम्रो मेडी कन्सर्न नामक निजी संस्थासँग स्वास्थ्य उपकरण खरिद गर्ने सम्झौता गरेको जनाएको छ । विभागले कोरोना संक्रमणका बिरामीको उपचारमा संलग्नका लागि आवश्यक पीपीई, पञ्जा, चस्मा, फेस कभर लगायतका तत्काल आवश्यक स्वास्थ्य उपकरण खरिद गर्न लागेको हो ।बढीमा दुई साता अर्थात् वैशाख १८ गतेभित्र नै सम्पूर्ण स्वास्थ्य उपकरण उपलब्ध गराइसक्ने गरी विभागले सम्झौता गरेको हो ।

ताजा समाचार