एजेन्सी, ५ वैशाख । अष्ट्रेलियन क्रिकेट बोर्डले कोरोना भाइरसका कारण आफ्ना स्टाफको कटौती गर्ने भएको छ । अप्रिल २७ बाट लागु हुने गरी बोर्डले यो अवस्थामा धेरै पदाधिकारी पाल्न नसक्ने भन्दै कटौती गर्ने निर्णय गरेको हो ।
बोर्डले विज्ञेप्ती निकाल्दै कर्मचारीको कटौतीका बारेमा जानकारी दिएको छ । बोर्डका प्रमुख कार्यकारी केभिन रोबर्टसनले भिडियो सन्देश मार्फत सम्पूर्ण स्टाफहरुलाई यस्तो जानकारी समेत गराएको बताइएको छ ।
कोरोनाका कारण यतिबेला केहि पनि काम नभएको र आइसोलेसनमा भएका कर्मचारीलाई राख्न भनेका आर्थिक समस्या उब्जाउनु रहेको भन्दै कर्मचारी कटौती गर्ने निर्णय गरेको हो ।
कर्मचारी कटौती भएमा केहि मात्रामा भएपनि आर्थिक समस्या कम हुने बोर्डको विश्वास छ ।