सीमामा अलपत्र नेपालीलाई स्वदेश फर्काउन सर्वोच्चको अन्तरिम आदेश | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

सीमामा अलपत्र नेपालीलाई स्वदेश फर्काउन सर्वोच्चको अन्तरिम आदेश

SUPREME_COURT

काठमाडौं, ४ वैशाख । सर्वोच्च अदालतले सीमावर्ती क्षेत्रबाट नेपाल फर्किन खोजेका प्रवासी नेपालीहरुलाई क्वारेन्टाईनको शर्तसहित घर फर्किन दिने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

बिहिबार न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले उनीहरुलाई फिर्ता ल्याउन र उद्दारका लागि आवश्यक गृहकार्य गर्न सरकारलाई आदेश दिएको हो ।

अधिवक्ता सोमप्रसाद लुईटेलको निवेदनको सुनुवाई गर्दै सर्वाेच्च अदालतले उक्त आदेश दिएको हो । विदेशमा जोखिममा रहेकाहरु अनियन्त्रित र अव्यवस्थित रुपमा नेपाल प्रवेशबाट थप जोखिम हुने भन्दै सर्वोच्चले नागरिकलाई त्यसबाट जोगाउनका लागि नागरिकको स्वास्थ्य र सुरक्षाको हितलाई ध्यान दिँदै उद्धार गर्न आदेश दिएको हो ।

सर्वाेच्चको आदेशमा नागरिकको व्यक्तिगत अधिकार तथा बहुसंख्यक जनताको हितलाई समेत सन्तुलित तरिकाले संरक्षण गर्दै, सुक्ष्म, गम्भीर र संवेदनशील तरिकाबाट विना भेदभाव, बिना स्वेच्छाचारी, विवेकपूर्ण तरिकाले नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउने, उद्दारका लागि आवश्यक प्रशासनिक, आर्थिक तथा व्यवस्थापकीय पहल गर्न भनिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);